कात्तिक १०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार कामना सेवा विकास बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले १८ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ६०७ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् मंगलवार कायम अन्तिम शेयरमूल्य रू. ७१९ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी कात्तिक २३ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठमा हुने कम्पनीले जानकारी गराएको छ ।