कामना सेवा विकास बैंकले पुस १७ गते साधारण सभा गर्ने, छैन लाभांश प्रस्ताव

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पुस १७ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सार्वजनिक गरेको सूचनामा वार्षिक साधारण सभा हुने मिति र स्थानबारे भने जानकारी दिइएको छैन । उक्त साधारण सभाको लागि भने कम्पनीले मङ्सिर २९ गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा मङ्सिर २८ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन योग्य हुनेछन् । यस वर्ष कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कात्तिक २१ गते बसेको कम्पनीको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत वर्ष बैंकले ४ दशमलव ४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

सम्बन्धित सामग्री

८ ओटा विकास बैंकले घोषणा गरे लाभांश : सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको

पुस १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १६ ओटा विकास बैंक मध्ये ८ ओटा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  ८ ओटै विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका ८ ओटा कम्पनीमध्ये ५ ओटा कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् ।  कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका ५ ओटा कम्पनीमध्ये सांग्रिला डेभलपमेण्ट बैंकले बोनस शेयर सूचीकृत गराइसकेको छ भने बाँकी कम्पनीको सूचीकरण हुने प्रक्रियामा रहेको छ ।  साधारण सभा गर्न बाँकी तीन ओटा कम्पनीमध्ये ज्योति विकास बैंकले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले ११ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, महालक्ष्मी विकास बैंकले लाभांश पारितका लागि पुस २५ गते साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, टुडिखेलमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, मितेरी डेभलपमेण्ट बैंकले लाभांश पारितका लागि पुस २८ गते साधारण सभा बोलाएको हो । सभा सुनसरी उद्योग वाणिज्य संघ, सुनसरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिइएको छ । सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, नारायणी डेभलपमेण्ट बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकले भने गत आवको मुनाफबाट शेयरधनीलाई भने कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् । नारायणी डेभलपमेण्ट बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । सभाले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव र आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।  त्यसैगरी कर्पोरेट डेभलपमेण्ट बैंकले पुस ३० गते साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी अझै ६ ओटा कम्पनी रहेका छन् । एक्सेल डेभलपमेण्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेण्ट बैंक र सप्तकोशी डेभलमेन्ट बैंक रहेका छन् ।  हालसम्ममा लाभांश प्रस्ताव गरेका ८ ओटा कम्पनी मध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले कुल २१ दशलमव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  तलको टेबलमा अघिल्लो आवको लाभांश पनि राखिएको छ । यस आधारमा मितेरी डेभलपमेण्ट बैंक बाहेक बाँकी कम्पनीले अघिल्लो आवको भन्दा गत आवमा लाभांश दर बढाएका छन् । मितेरी डेभलपमेण्ट बैंकले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरको थियो ।                                                                              स्रोत : कम्पनीद्वारा प्रकाशित सूचना

७ ओटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति  लाभांश ?

असोज २१, काठमाडौं । हालसम्म सात ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  बिहीवारसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ ।            लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले शेयरधनीलाई कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।            बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीको हातमा लाभांश पर्नेछ । बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैंपछाडी मात्र लाभांश पाउने भएका छन् ।            विगतका वर्षमा केही वाणिज्य बैंकले दशैंअघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन् ।            कुन बैंकको कति ?            गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।            यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७ दशमलव ८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुछ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त कम्पनीले कात्तिक २६ गतेका लागि साधारण सभा पनि बोलाइसकेको छ ।            यस्तैगरी, कुमारी बैंकले शेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३दशमलव शून्य ६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।            दशैंमा लाभांश नपाउने            बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दशैं पछाडी मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणिज्य बैंकहरुले दशैं अघि नै वार्षिक साधारण सभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन् ।            नेपाल बैंकर्स संघ अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरुले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो ।  ‘यस वर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो’, उनले भने, ‘नेपाल राष्ट्र बैंकले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि गर्‍यो । यी व्यवस्थाले बैंकहरुले समय पनि पाए, त्यसैले पनि यसवर्ष दशैं आगाडि शेयरधनीलाई लाभांश दिन सकिएन ।’ दिपावली आसपासमा शेयरधनीले लाभांश पाउन सक्ने उनको भनाइ छ । हाल केही बैंकले साधारणसभा पनि बोलाइसकेका छन् । साधारण सभाले लाभांश पारित गरेपछि मात्र शेयरधनीले लाभांश पाउनेछन् ।            विकास बैंकमा कामना पहिलो            सात ओटा वाणिज्य बैंकले लाभांश घोषणा गरे तापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।            यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापूँजीको १८ दशमलव ५० प्रतिशत बोनस र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांशसमेत गरी १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १९ दशमलव ४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो ।  रासस