कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश गरि कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रहेको छ।