कोशी प्रदेश सरकारविहीन भएको छ । कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा गरेको नियुक्ति सर्वोच्चको पूर्ण इजलासले बिहीबार बदर गरिदिएपछि प्रदेश सरकारविहीनतामा पुगेको हो । सर्वोच्चले थापा नेतृत्वको सरकारलाई बदर गर्दा कामचलाउ सरकारबारे कुनै टिप्पणी गरेन भने प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गर्दा पनि कामचलाउ सरकार कुन भन्ने तोकेनन् ।