जनता समाजवादी पार्टी (जसपा) नेपालले नवनियुक्त मन्त्रीहरूलाई काम गर्न सर्वोच्च अदालतले लगाएको रोकले राजनीतिक अवस्थालाई बिगार्ने प्रतिक्रिया जनाएको छ ।
सर्वोच्चको आदेशबाट पदमुक्त भएका भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री एवं जसपा नेता लक्ष्मणलाल कर्णले अदालतको आदेश स्वीकार्ने आफूहरूको धर्म भए पनि यसले राजनीतिक वातावरण बिगारेको प्रतिक्रिया जनाए ।
‘अदालतले राजनीतिलाई हस्तक्षेप गर्नु हुँदैन । ३ मन्त्रीबाहेक सबै हटाउने भनेपछि देश ३ वटा मन्त्रीले मात्र चल्दैन । त्यसमा पनि संविधानले २५ जनाको कल्पना गरेको छ,’ ...