रोल्पाको माडी खोलामा शुक्रबार राति भएको जिप दुर्घटनामा परी बेपत्ता भएका नुवाकोट ककनीका चालक ३१ वर्षीय बुद्धिबहादुर तामाङ मृत फेला परेका छन् । बा७च ५००२ नम्बरको जिप शुक्रबार राति सहिद मार्गअन्तर्गत माडी गाउँपालिका–४ सिस्ने बजार नजिकै सडकबाट माडी खोलामा खस्दा चालक ककनी गाउँपालिका–४ जगरेका तामाङ बेपत्ता भएका थिए । घटनाको तीन दिनपछि मंगलबार खोजी कार्यमा संलग्न प्रहरी टोलीले तामाङको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल खोला किनारमा फेला पारेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवरा