आमा डबलम हिमाल क्षेत्रमा बेपत्ता आराेहण सहयाेगी मृत भेटिए

सोलुखुम्बु – सोलुखुम्बुको आमा डबलम हिमाल क्षेत्रमा तीन दिनदेखि बेपत्ता आराेहण सहयाेगी (क्लाइम्बिङ शेर्पा) मृत भेटिएका छन् । मृत भेटिनेमा सङ्खुवासभाको मकालु गाउँपालिका ९ का ३९ वर्षीय मिङमा ओङदी शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर शाहका अनुसार सेभेन समिट ट्रेकिङ अफिसमार्फत आमा डबलम हिमाल आरोहण गर्न आएका शेर्पा आरोहण सकेर फर्कने क्रममा गएकाे असोज ३१ गते बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा आज (बुधवार) हिउँमा पुरिएकाे ...

सम्बन्धित सामग्री

धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै वराह ताल

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित बिममा रहेको वराह ताल आकर्षक र धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ । प्रसिद्ध धार्मिक स्थल मालिकाधुरी जाने पर्यटकलाई बाटोमै रोकेर केही समय तालमै रमाउन आकर्षित गर्न सक्ने यो ताल मिथक र रहस्यको एक अनुपम स्थान पनि हो ।       कोरोना महामारी फैलिनुअघि यहाँ रमाउन दैनिक चार÷पाँच सय पर्यटक आउने गरेकामा संक्रमण सुरु भएयता सुनसान देखिन थालेको छ । जैविक विविधताका कारण ताल प्राकृतिक सुन्दरताका साथै धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिने बिमका नवीन जुग्जालीले बताए । प्राचीनकालमा आमाछोरी वराह क्षेत्र घुम्न जाँदा वराह देवताले छोरीलाई लुकाएपछि आमाले वियोगमा तडपिँदै खोज्न थालिन् । धेरै दिनपछि छोरी खोज्दै उक्त ताल नजिक पुगेकी आमाले चिच्याएर बोलाउँदा तालभित्रबाट छोरीले बोलेको आवाज सुनिन् । छोरीलाई बाहिर आउन आग्रह गर्दा आप्mनो बच्चा भइसकेकाले बाहिर आउन अनुमति नभएको बताइन् । आमाले बच्चालाई भए पनि हेर्न चाहन्छु भनी जिद्दी गरेकीले त्यहाँ एउटा सर्प त्यहाँ आयो, यो देखेर आमा भागिन्, उता सर्प पनि मरेछ । साँझपख वराह घरमा आउँदा आप्mनो बच्चा मरेको देखेर सोधपुछ गर्दा उनकी पत्नी बनेकी ती छोरीले सबै वृत्तान्त बताइन् ।      यो घटनाले क्रोधित बनेका वराहले तीर चलाए, त्यो तीर पत्नीको आँखामा लागेर रगतको धारो बग्यो । रगतले केही समयसम्म तालको रङ रातो भएकामा त्यसपछि कहिले नीलो त कहिले खैरो हुने हुन थालेको बताइन्छ । तालमा रुखका सुकेका पात खसिरहे पनि त्यहाँ बस्ने एक जोडी चराले टिपेर प्mयाँक्ने गर्थे भन्ने किंवदन्ती छ ।       तालमा विसं १९२५ देखि पूजाआजा गर्ने परम्परा चलेको स्थानीय वृद्धवृद्धा बताउँछन् । एकचोटि घोडाले पानी पिउँदा केही वर्ष ताल नै सुकेको भन्ने अर्को किंवदन्ती पनि सुनिन्छ । तिर्खाएका एक हलगोरुले तालको पानी पिउन लाग्दा बेपत्ता भएको र कसैले फोहोर गरिदिए असिना, हुरी, खडेरी पर्ने स्थानीय सुनाउँछन् ।      उक्त तालमा मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिविम्ब देखिनुका साथै भने त्यहाँबाट गुर्जा हिमाल, सुन्दर ग्रामीण बस्ती, वनजंगल र पहाड अवलोकन गर्न सकिने वडाध्यक्ष रेशम जुग्जाली बताउँछन् । बाइन्दाफाँट गाउँको माथि रहेको गोलो आकारको ताललाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने कृषि प्राविधिक शिक्षालयका संयोजक करन कँडेलको धारणा छ ।      आधा रोपनी जमिनमा फैलिएको, तीन मिटर गहिरो र समुद्री सतहदेखि २ हजार ३०० मिटरको उचाइमा अवस्थित यो तालको माथिल्लोपट्टि वराह थान छ । सोही थानको नजिकैबाट खसेकोे पानी तालमा मिसिन्छ ।      तालमा रहेका जलवराहको पूजा तथा भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । गाउँपालिकाको केन्द्र दरबाङदेखि यहाँसम्म आइपुगेको सडकलाई विस्तार गरेर मालिकाधुरीसम्म जोड्न र यहाँको संरक्षण तथा प्रचार–प्रसारका लागि एकीकृत योजना बनाइएको वडाध्यक्ष जुग्जालीले जानकारी दिए । यहाँ सडक विस्तार भएकाले ताललाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न गुरुयोजना नै बनाइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । रासस