सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयाे

काठमाण्डाै - सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा बस र ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएका हुन् । ट्रक र बस ठोक्किएपछि दुवैमा आगो लागेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा बसका चालक, ट्रकका चालक र बसमा रहेका एक जना रहेका र उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।     

सम्बन्धित सामग्री

सुनसरीमा बस र ट्रक आपसमा ठोक्किँदा आगलागी, तीनको मृत्यु, १३ घाइते

सुनसरीको लौकही नजिकै पूर्व पश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको शुभबिहानी ट्राभल्स र पूर्वतर्फ...

बस र ट्रक ठोक्किँदा भयानक आगलागी, दुबै सवारीका चालक र एक यात्रुको मृत्यु

काठमाडौं, माघ २२। सुनसरीमा बस र ट्रक ठोक्किंदा दुबै चालकसहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नंम्बर १ फुलचोकमा शुक्रबार राति दुबै सवारी एक आपसमा ठोक्किएर भयानक आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख […]

सुनसरीमा बस र ट्रक ठोकिएर आगालागी हुँदा ३ जनाको मृत्यु ,१३ घाइते

काठमाडौं । गएराति सुनसरीको लौकहीमा स्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा १३ जना यात्रु घाइते भएका छन् । गएराति साढे ७ बजे काकडभिट्टाबाट काठमाडौं हिडेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बसले पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रकलाई ठक्कर दिदा […]

सुनसरीमा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौँ । सुनसरीमा ट्रक र बस ठोक्किंदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका–३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए । दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा […]

सुनसरीमा बस र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित तीनजनाको मृत्यु

इटहरी । सुनसरीको लौकहीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत खुनिया पुलमा ट्रक र बस एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने दुई दर्जन बढी घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आज (शनिबार) बिहान दिएको जानकारी अनुसार शुक्रबार (हिजो) साँझ साढे ७ बजे भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बस चालक पाँचथर […] The post सुनसरीमा बस र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित तीनजनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी‚ तीनजनाको मृत्यु

काठमाडौं : सुनसरीको कोशी गाउँपालिकास्थित लौकही सडकखण्डमा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकसहित तीन जनाको मृत्यु भएको छ।शुक्रवार राति दुई सवारी साधन ठोकिएलगत्तै आगलागी भएको र बसमा सवार १५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। उनीहरुको विराटनगर र इनरुवाकाविभिन्न अस्पतालमा उपचार भइरहेको छ।आगलागीमा परी मृत्यु भएका तीनै जनाको परिचय खुलेको छैन। विपरीत दिशामा जाँदै गरेका बस र ट्रक ठोक्किँदा आगलागी भएको हो। ना ८ ख ८४९३ नम्बरको यात्रु बस र निर्माण सामग्री बोकेको

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुवै चालकको मृत्यु, अन्यको खोजी हुँदै

पूर्वपश्चिम राजमार्ग अन्तगर्त सुनसरीको कोशी गाउँपालिका -१ लोकहीको खुनिया पुलस्थित ट्रक र बस एकआपसमा ठक्कर खाँदा दुवै सवारी चालकको मृत्यु भएको छ ।पूर्वको काकडभित्ताबाट काठमाडौं जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्व आउदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआफसमा ठक्कर खादा गाडीमा आगलागी भएको थियो । आगलागीमा जलेर दुवै चालकको मृत्यु भएको हो । सशस्त्र प्रहरी बल लौकहीका इन्सपेक्टर अरुण पाण्डेका अनुसार दुवै सवारी पूर्ण रुपमा नष्ट भएका छन् । बसमा के कति यात्रु थिए र कतिको मृत्यु भयो भन्न

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी, दुई जनाको मृत्यु, उद्धार कार्य जारी

सुनसरी– सुनसरीको लौकहीमा बस र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ लौकहीको खुनियामा काकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना. ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. ५ ख २९९६ नम्बरको ट्रक ठोक्किएका हुन् । ठक्करसँगै गाडीमा आगलागीसमेत भएको थियो । आगलागीमा जलेर दुई जनाको मृत्यु भएको हो । […]

सुनसरीमा बस र ट्रक ठोक्किएसँगै आगलागी, दुईको मृत्यु

सुनसरीमा यात्रुबाहक बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । शुक्रबार साँझ बस र ट्रक ठक्कर खाएपछि आगलागी भएको छ।   प्रहरीका अनुसार घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकाहीमा सो घटना भएको बताउँदै प्रहरीले उद्दार कार्य जारी रहेको जनाएको छ ।