सुनसरीमा बस र ट्रक ठोक्किएसँगै आगलागी, दुईको मृत्यु

सुनसरीमा यात्रुबाहक बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । शुक्रबार साँझ बस र ट्रक ठक्कर खाएपछि आगलागी भएको छ।   प्रहरीका अनुसार घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकाहीमा सो घटना भएको बताउँदै प्रहरीले उद्दार कार्य जारी रहेको जनाएको छ ।