काठमाडौं : सुनसरीको कोशी गाउँपालिकास्थित लौकही सडकखण्डमा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकसहित तीन जनाको मृत्यु भएको छ।शुक्रवार राति दुई सवारी साधन ठोकिएलगत्तै आगलागी भएको र बसमा सवार १५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। उनीहरुको विराटनगर र इनरुवाकाविभिन्न अस्पतालमा उपचार भइरहेको छ।आगलागीमा परी मृत्यु भएका तीनै जनाको परिचय खुलेको छैन। विपरीत दिशामा जाँदै गरेका बस र ट्रक ठोक्किँदा आगलागी भएको हो। ना ८ ख ८४९३ नम्बरको यात्रु बस र निर्माण सामग्री बोकेको