सीई कन्सट्रक्स तिलोत्तमामा माया कम्प्लेक्स बनाउने तयारीमा

फागुन ९, काठमाडौंं । सीई कन्सट्रक्सले काठमाडौं बाहिर पनि नयाँं प्रोजेक्ट ल्याएको छ ।  कम्पनीले अन योर, अन होम भन्ने भन्ने नाराका साथ काठमाडौं उपत्यकाबाहिर रुपन्देहीको तिलोत्तमामा उक्त योजना ल्याएको हो ।  माया डेभलपर्स प्रालिले त्यहाँं सात बीघाको क्षेत्रफलमा माया कम्प्लेक्स बनाउन लागेको हो । यो बुद्धचोक भैरहवाबाट पाँंच किलोमिटर र बुटवलको भैरहवास्थित राजमार्गबाट एक दशमलव एक किलोमिटर पूर्वमा अवस्थित छ । २४ सै घण्टा सुरक्षाको व्यवस्था, हरियाली, सडक राम्रो सुविधालगायतका विशेषता यसका छन् ।  कम्पनीले पहिलो चरणमा त्यहाँं ४० रोपनी क्षेत्रफलमा ४८ ओटा घरहरु बनाउने छ । दोश्रो चरणमा २४ रोपनी क्षेत्रफलमा ३२ ओटा आवास गृहहरु बनाउने योजना छ । तेश्रो चरणमा भने त्यहाँं अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्स बनाउने योजना रहेको कम्पनीले बताएको छ ।  

सम्बन्धित सामग्री

आईपिओ निष्काशन तयारीमा रहेको छायाँदेवी कम्प्लेक्सको साधारणसभा आह्वान

आईपिओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १२ गते सभा गर्न लागेको हो ।सभामा कम्पनीको संचालक समितिको प्रतिवेदन पारित गर्ने , कम्पनीको आ.व. २०७७/२०७८ देखी आ.ब. २०७८/०७९ को आयव्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने , आगामी आ.ब. २०७९/०८० को कम्पनीको लेखापरिक्षक गर्न लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने , सञ्चालक समिति गठन गर्ने , कम्पनीको ठेगाना परिवर्तन गर्ने ,  कम्पनीको अधिकृत तथा जारी पूजी बृद्धि गर्ने र कम्पनी सचिव नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।कम्पनीले आईपिओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ ।  कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।  कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।कम्पनीले हाल काठमाण्डौको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । छायाँ देवी कम्पलेक्स लिमिटेडको कूल निर्माण क्षेत्र करीब ३ लाख ५० हजार वर्गफिट भन्दा बढी रहेको छ । जस अन्र्तरगत २०० वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तराष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल “दि एलोफ्ट” सञ्चालन भइरहेको छ ।

‘नेपाललाई साफ च्याम्पियन बनाएरै छाड्छौं’

महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करण आउने मंगलबार दशरथ रंगशालामा सुरू हुँदै छ । असोज ३ सम्म हुने च्याम्पियनसिपमा पहिलोपल्ट च्याम्पियन बन्ने लक्ष्यसाथ नेपाली राष्ट्रिय फुटबल टिम अन्तिम तयारीमा व्यस्त छ । एन्फा कम्प्लेक्स (सातदोबाटो), दशरथ रंगशाला हुँदै अहिले सेन्ट जेभियर्स स्कुलको मैदान जावलाखेलमा अभ्यास गरिरहेको छ ।

ब्लु स्टारविरुद्धको खेलको लागि तयार छौंः प्रवेश कटुवाल

काठमाडौँ। मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले आफ्नो टिम एफएफसी कपको प्रारम्भिक चरणको लागि तयार रहेको बताएका छन्। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै कटुवालले आफूहरु एएफसी कपको लागि कार्तिकदेखि तयारीमा रहेको बताउँदै श्रीलंकाको ब्लु स्टार क्लबविरुद्धको खेलको लागि तयार भएको जानकारी दिएका हुन्।

दुई वर्षदेखि बन्द गोपी कृष्ण हल शुक्रबारदेखि सञ्चालनमा

काठमाडौं : दुई वर्षदेखि बन्द रहेको गोपी कृष्ण फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ। कोरोना महामारी सुरु भएसँगै बन्द भएको हल आवश्यक मापदण्ड अपनाउँदै शुक्रबारदेखि फेरि सञ्चालनमा आउने भएको निर्देशक निरक पौडेलले बताएका हुन्। कोरोनाका कारण सबै फिल्म हल बन्द भएपछि गौरवशाली इतिहास बोकेको गोपी कृष्ण हल पनि बन्द भएको थियो। लामो समयसम्म पनि हल खुल्ने संकेत नदेखिएपछि यसका सञ्चालक ७ वटा पर्दा रहेको हल भत्काएर गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स बनाउने तयारीमा थिए। दर्शक हलसम्म आउने र बन्द रहेको

आईपीओ ल्याउने तयारीमा छायादेवी कम्प्लेक्स

काठमाडौं । छायादेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेयर निष्कासनका लागि छायादेवीको तर्फबाट प्रबन्ध निर्देशक महेश्वरप्रकाश श्रेष्ठ र प्रभु क्यापिटलबाट प्रबन्ध निर्देशक दिनेश थकालीले सम्झौतामा हस्ताक्षर गरेका छन् । छायादेवी कम्प्लेक्सले काठमाडौंको ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्स सञ्चालन गरिरहेको छ । उक्त […]

नेपाली महिला टिमले बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं : नेपालको महिला राष्ट्रिय फुटबल टिमले भोलि बिहीबार घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।एएफसी महिला एसियन कपको छनोट खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने छ। दुई मैत्रीपूर्णमध्ये पहिलो खेल भोलि बेलुकी साढे ५ बजे हुनेछ। अर्को खेल भने आइतबार हुने छ।  रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो। यसअघि सन् २०१६ डिसेम्बरमा मलेसियासँग नेपालले एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलेको थियो।बंगलादेश

नेपाल र बंगालादेश यु २३ फुटबल सुरू, LIVE

एएफसी यु–२३ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल यु–२३ र बंगलादेश यु–२३ बीच मैत्रीपूर्ण खेल सुरू भएको छ। एन्फा कम्प्लेक्स, सातदोबाटोमा सुरू भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीले जित हात पार्ने दावी गरेका छन्। बंगलादेशका प्रशिक्षकले यस मैत्रीपूर्ण खेललाई हल्का रुपमा नलिने यसअघि नै बताईसकेका छन् । त्यस्तै बंगलादेशी कप्तान सोहेल रानाको भनाई पनि उस्तै छ । युवा खेलाडीहरुले…