ब्लु स्टारविरुद्धको खेलको लागि तयार छौंः प्रवेश कटुवाल

काठमाडौँ। मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवालले आफ्नो टिम एफएफसी कपको प्रारम्भिक चरणको लागि तयार रहेको बताएका छन्। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै कटुवालले आफूहरु एएफसी कपको लागि कार्तिकदेखि तयारीमा रहेको बताउँदै श्रीलंकाको ब्लु स्टार क्लबविरुद्धको खेलको लागि तयार भएको जानकारी दिएका हुन्।