महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करण आउने मंगलबार दशरथ रंगशालामा सुरू हुँदै छ । असोज ३ सम्म हुने च्याम्पियनसिपमा पहिलोपल्ट च्याम्पियन बन्ने लक्ष्यसाथ नेपाली राष्ट्रिय फुटबल टिम अन्तिम तयारीमा व्यस्त छ । एन्फा कम्प्लेक्स (सातदोबाटो), दशरथ रंगशाला हुँदै अहिले सेन्ट जेभियर्स स्कुलको मैदान जावलाखेलमा अभ्यास गरिरहेको छ ।