काठमाडौं : नेपालको महिला राष्ट्रिय फुटबल टिमले भोलि बिहीबार घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।एएफसी महिला एसियन कपको छनोट खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने छ। दुई मैत्रीपूर्णमध्ये पहिलो खेल भोलि बेलुकी साढे ५ बजे हुनेछ। अर्को खेल भने आइतबार हुने छ। रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो। यसअघि सन् २०१६ डिसेम्बरमा मलेसियासँग नेपालले एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलेको थियो।बंगलादेश