गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले बनाउने आमसञ्चार विधेयक मिडियामैत्री हुने बताएका छन् । कास्कीको माछापुच्छ्रेमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले आमसञ्चार विधेयकलाई संशोधन मिडिया हाउस र मिडियामैत्री बनाएर अगाडि बढाउने बताएका हुन् ।‘प्रदेश सरकारले आमसञ्चार विधेयकलाई सरोकारवालासँग समन्वय गरेर विवाद नहुने गरी तयार गरि अगाडी बढाउँछौँ’ उनले भने, ‘गण्डकीमा सञ्चा