कास्की : गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी सरकारको 'डिजिटल गण्डकी प्रोभिन्स' अभियानलाई साकार बनाउन आइएमएसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।आइएमएस सफटवेयर माध्यम सार्वजनिक भएको डिजिटल पेमेन्ट प्रविधिको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै उनले आइएमएस सफ्टवेयरले डिजिटल पेमेन्ट इन पोखरा उद्देश्य राखेर ल्याएको क्यूआर सेवामार्फत पोखरेली मात्र नभई भावी दिनमा समग्र गण्डकी प्रदेशले नै लाभ लिने विश्वास व्यक्त गरेका हुन्।&lsquo