गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रूपान्तरणमा लोकतान्त्रिक खेलकुद संघको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको पोखरा महानगरपालिका कमिटी गठन कार्यक्रमलाई उद्घाटन गर्दै उनले देशको भविष्य अब युवाहरूको काँधमा रहेको उल्लेख गरे । ‘देशको भविष्य अब युवाहरूको काँधमा छ’, उनले भने, ‘तपाईँहरूको भविष्यसँग नै देशको भविष्य जोडिएको छ ।’ मन्त्री थापाले शारीरिक एवम् मानसिक स्वस्थताका