भारतका वरिष्ठ गायिका लता मंगेशकरको उपचार अझै पनि आईसीयूमा भइरहेको छ । समाचार एजेन्सी पीटीआईले आइतबार एक डाक्टरलाई उद्धृत गर्दै मंगेशकरको उपचारबारे जानकारी दिएको हो ।९२ वर्षीय लता मंगेशकर गत हप्ता लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।अस्पतालका एसोसिएट प्रोफेसर डा. प्रतीत समदानीले पीटीआईसँग भनेका छन्, ‘अहिले पनि वहाँको उपचार आईसीयूमा भइरहेको