स्वर साम्राज्ञी लता मंगेशकर : अभिनयदेखि गिनिज बुक अफ वर्ल्ड रेकर्डस्सम्म

‘स्वर साम्राज्ञी’, ‘बुलबुले हिन्द’ र ‘कोकिला’जस्ता विभिन्न विशेषण जुन लता मंगेशकरका लागि प्रयोग गरिन्छन्, ती सधैँ अपर्याप्त लाग्छन् । महाराष्ट्रमा एक थिएटर कम्पनी चलाउने आफ्नो जमानाका चर्चित कलाकार दीनानाथ मंगेशकरकी जेठी छोरी लताको जन्म २८ सेप्टेम्बर सन् १९२९ मा इन्दौरमा भएको थियो । उनका पिता पण्डित दिनानाथ मंगेशकर पनि गायक थिए । उनी थिएटर कलाकारका साथै मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए । लता मंगेशकर आफ्ना पिताका पाँच सन्तानमध्ये सबैभन्दा जेठी थिइन