लता मंगेशकर अझै आइसियूमा, डाक्टर भन्छन्, 'स्वास्थ्यलाभको कामना गर्नुस्'

स्वरकी रानी भारतकी प्रसिद्ध गायिका लता मंगेशकर कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएकी छिन् । उनको आइसियूमा राखेर उपचार भइरहेको छ । उनी गत जनवरी ८ देखि अस्पतालको आइसियूमा छिन् । उनको स्वास्थ्य स्थितीको बारेमा डाक्टरहरुले अपडेट दिइरहेका छन् । लता मंगेशकरका डाक्टर प्रतित समदानीले लताको स्वास्थ्य स्थितीको बारेमा फेरि एकपटक जानकारी दिएका छन् । उनले भनेका छन्, 'लता जी अझै पनि आईसियूमा हुनुहुन्छ । उहाँको उपचार भइरहेको छ । यसभन्दा बढी केही बताउन असमर्थ छौँ । उहाँको स्वास्थ्यलाभको कामना गर्न