काठमाडौं । नेपालबाट हराएर अमेरिका पुर्याइएको १४औँ शताब्दीतिर बनेको पुरातात्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ ।
पुरातात्विक महत्त्वको टुँडाल काठमाडौं महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै, प्रस्तरबाट निर्मित करिब ११औँ शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरी विभागलाई हस्तान्तरण गरिएको छ ।
शिवको मूर्ति महानगरपालिका–१९ स्थित कङ्केश्वरी...