काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्त्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ/दशौँ शताब्दीतिर बनेको मूर्ति फिर्ता भएको […]