काठमाण्डाै – नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्त्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ ।
पुरातात्त्विक महत्त्वको टुँडाल काठमाण्डाै महानगरपालिका २४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्त्व विभागले जनाएको छ । यो १३ औँ वा १४ औँ शताब्दीमा निर्माण भएको टुँडाल हो । शिवको मूर्ति भने महानगरपालिका १९ मा रहेकाे कङ्केश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको थियो । यो मूर्ति १० औँ वा ११ औँ शताब्दीमा बनेको अन...