चोरी भएर अमेरिका पुगेको प्रस्तरको तारा र पार्वतीको प्राचीन मूर्ति फिर्ता

काठमाण्डाै - नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्त्वको प्रस्तरको तारा र पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । नेपाल फिर्ता भएका ती मूर्ति पुरातत्व विभागले सार्वजनिक गरेको छ । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ र दशौँ शताब्तीतिर बनेको मूर्ति फिर्ता भएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । यो मूर्ति भक्तपुर नगरपालिका–७ गोलमढी टोलमा रहेकाे वीरभद्रेश्वर मन्द...