निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले कार्यकर्ताले ब्यान्ड बाजासहित बालकोटमा स्वागत गरेका छन् ।
बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोट पुगेका ओलीलाई महेश बस्नेतको अगुवाइमा युवा संघका कार्यकर्ता र शुभचिन्तकले बालकोटमा स्वागत गरेका हुन् ।
ओली बालकोट पुग्दै गर्दा उनलाई ब्यान्ड बाजा बजाएर स्वागत गरिएको थियो ।
घर पुगेपछि ओलीले बरन्डामा निस्किएर कार्यकर्ताको हौसला बढाएका थिए ।