वार कि पारको बिन्दुमा एमसीसी

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा अमेरिकी अधिकारीलाई दिएको आश्वासनअनुसार एमसीसी अनुमोदनका लागि सक्रिय बनेपछि सत्ता गठबन्धनमा खटपट शुरू भएको हो ।  एमसीसी अनुमोदनका लागि दबाब बढिरहेका बेला प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र बाहिरिएपछि हलचल पैदा भएको छ ।  आफूहरूमाथि दबाब बढाउन प्रध...