आज २०७९ साल वैशाख २२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०७९ साल वैशाख २२ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। वृष : आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। […]

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धन भरतपुर केन्द्रित, चुनाव जित्ने एमालेको ४ दाबी

आज मिति २०७९ साल वैशाख २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ । आजका मुख्य समाचारमा चुनावी विषय नै रहेका छन् । बिहीबार सत्ता गठबन्धनको भरतपुरमा आमसभा भएको छ भने एमाले अध्यक्ष केपी ओली पनि आमसभाकै लागि कैलाली पुगेका छन् । यता एमालेकै महासचिवले चुनावी अपिलमार्फत पार्टीले चुनाव जित्ने ४ आधारसहितको दाबी प्रस्तुत गरेका छन् । यसैगरी आईजीपी नियुक्ति विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकारलगायतका समाचारले पनि

स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम विलम्ब हुँदै गए निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जाने भन्दै आयोगले आफ्नो परामर्शमा यथाशीघ्र निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा ९१० बमोजिम मिति तोक्न सरकारसँग आयोगले आग्रह गरिएको आयोगद्वारा मंगलवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । राजनीतिक दलले नै स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्नेतर्फ जोड दिँदै आयोग पूर्ण तयारी अवस्थामा रहनुपर्ने र सरकारसँग समयमै निर्वाचन गर्न सम्पर्कमा रही मिति तोक्न सिफारिस गर्नेलगायतका विविध सुझाव प्राप्त भएको विषय स्मरण गराएको छ । आयोगका पदाधिकारी र १६ राजनीतिक दलका प्रतिनिधिबीच गत पुस ३० गते स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा गरिएका पूर्व तयारीका कार्य र स्थानीय तहको निर्वाचनको मिति तय गर्न नेपाल सरकारसमक्ष परामर्श दिने सम्बन्धमा बैठकमा उक्त सुझाव दिइएको थियो । स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकाले निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलको पुनरवलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्य निरन्तर गरिरहेको जानकारी दिएको छ । आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको विज्ञप्तिमा उल्लेख छ । स्थानीय तहको निर्वाचन २०७४ साल वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकामा पहिलो चरणलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल आगामी २०७९ साल जेठ ५ मा समाप्त हुने आयोगले स्पष्ट गरेको छ ।      स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्थाबमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोग पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलोपटक गत कात्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाबारेमा जानकारी गराएका थिए ।      दोस्रोपटक पुस ९ गते पुनः भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधिसम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराई आगामी वैशाख १४ गते बुधवारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण वैशाख १४ गते बुधबार र दोस्रो चरण वैशाख २२ गते बिहीवार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्तावसमेत गरेको थियो । रासस