वैशाख २२ पछि ९ सय ७५ संक्रमितको शव सेनाद्वारा व्यवस्थापन

काठमाडौं । कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि मृतकको संख्या ह्वात्तै बढेको छ । नेपाली सेनाको शव व्यवस्थापन टिमले वैशाख २२ यता ९ सय ७५ संक्रमितको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड–१९ संक्रमणबाट काठमाडौं उपत्यकामा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । वैशाख २२ भन्दा पछि काठमाडौं उपत्यकामा ५ सय ३ जनाको शव व्यवस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।गतवर्ष चैतबाट कोभिड संक्रमण शुरु भएसँगै नेपाली

सम्बन्धित सामग्री

नेपाली सेनाले गर्‍यो चार हजार ६८२ संक्रमितको शव व्यवस्थापन

काठमाडौं। नेपाली सेनाले अहिलेसम्म चार हजार ६८२ वटा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गरेको छ। २०७८ वैशाख २२ गतेदेखि वैशाख २८ गतेसम्म ती शवहरू व्यवस्थापन गरेको हो। उपत्यका प्रितनाले मात्र वैशाख महिनामा दुई हजार ३५० वटा शव व्यवस्थापन गरेको छ। उता स्वास्थ्य मन्त्रालयले भने चार हजार ८४ जनाको मात्र मृत्यु भएको जनाएको छ।

काठमाडौं उपत्यकामा वैशाख २२ देखि फेरि १ हप्ता निषेधाज्ञा लम्बिने

वैशाख १४, काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख २२ गतेदेखि फेरि एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको हो । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालका अनुसार १४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो । काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ । मन्त्री ढकालले भने ‘उहाँहरु (प्रमुख जिल्ला अधिकारीहरु) ले एक साता गर्ने निर्णय गर्नुभएको छ । तर, त्यतिले पुग्दैन भन्ने हो’।  उपत्यकामा संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन् । सार्वजनिक, निजी सवारीसाधन बन्द हुनेछन् । त्यसैगरी एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसको सवारी भने चल्नेछन् । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक आवतजावतमा प्रतिवन्ध लगाइने छ । खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार भने खुला गरिने स्रोतले बताएको छ ।