विद्युत् उत्पादनपछि ४७ गुणाले बढ्यो तामाकोशीको घाटा, ५ अर्बको विद्युत् बेच्दा पनि कसरी घाटामा ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको खुद नोक्सानी यस वर्ष १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत वर्षको तुलनामा ४७ गुणाभन्दा बढीले वृद्धि भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनी ३ करोड ५० लाख रुपैयाँभन्दा केही बढी मात्र खुद नोक्सानीमा रहेको थियो । ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको यस आयोजनाबाट गत भदौ २५ गतेदेखि नै व्यवसायीक रुपमा विद्युत् उत्पादन शुरु भइसकेको छ । चैत मसान्तसम्म ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँभन्दा बढी विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीको ब्याज खर्च ह्रास कट्टीका कारण यस वर्ष खुद नोक्सानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ । गत वर्ष १० लाख ४७ हजार रुपैयाँ मात्र ह्रास कट्टी गरेको कम्पनीले यस वर्ष २ अर्ब ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी ह्रास कट्टी गरेको छ । गत वर्ष ब्याज खर्च गर्नु नपरेको कम्पनीले यो वर्ष ३ अर्ब ५५ करोड ५९ लाख रुपैयााभन्दा बढी रकम ब्याजमा खर्च गर्नु परेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले व्यापारिक उत्पादन शुरु भएकै वर्ष कम्पनीको खुद नोक्सानी बढ्नुको प्रमुख कारण ह्रास कट्टी रहेको बताए । तेस्रो त्रैमास व्यापारिक उत्पादन कम हुने अवधि भएकाले आगामी वर्षदेखि नोक्सानीमा सुधार हुने अपेक्षा रहेको श्रेष्ठले बताए । आगामी त्रैमासमा विद्युत् विक्री आम्दानी बढ्ने र कम्पनीले कर्जा रकम घटाउँदै जाने उदेश्य रहेकाले ब्याज खर्च कम हुने उनको विश्वास छ ।  हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष २ अर्ब ७१ करोड ४५ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षसम्म कम्पनीको जगेडा कोष ८२ करोड ५६ लाख रुपैयाँभन्दा केही बढी मात्र ऋणात्मक रहेको थियो । कम्पनीको दिर्घकालिन कर्जा गत वर्ष ४० अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ४१ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै गत वर्ष २ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको अल्पकालिन कर्जा यस वर्ष ५ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो वर्ष गत वर्षको तुलनामा कम्पनीको कर्जा रकममा वृद्धि भएको छ ।  आर्थिक वर्ष ०७३/७४ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजना २०७२ सालको विनाशकारी भूकम्पले पुर्‍याएको क्षति, त्यसपछि मधेस आन्दोलनका कारण ढुवानी र इन्धन आपूर्तिमा आएको अवरोधका साथै कोभिडको महामारी लगायतका कारणले आयोजनाको निर्माण कार्यमा ढिलाई भएको थियो । २०७८ साल असार २१ गतेदेखि आयोजनाको विद्युत् उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । पछि भदौ २५ गतेदेखि आयोजनाको ६ ओटै युनिटबाट विद्युत् उत्पादन शुरु भएको थियो । अहिले आयोजनाको वित्तीय अवस्था खस्किनुमा विविध कारणले लम्बिएको निर्माण अवधि र लागत प्रमुख कारण हो ।  निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो आयोजना निर्माण सम्पन्न हुँदा भने ८४ अर्ब रुपैयाँ खर्च भएको थियो । त्यो समयमा निर्माण लागत बढेको भार भने यतिबेला आम शेयरधनीहरुमा परिरहेको छ । व्यापारिक उत्पादन शुरु भएकै वर्षदेखि कम्पनीले लाभांश वितरण गर्ने आशामा रहेका लगानीकर्ताहरु यतिबेला निराश बनेका छन् ।

सम्बन्धित सामग्री

क्युआर कोर्डबाट हुने कारोबार तीन गुणाले बढ्यो

एकै वर्षमा क्विक रेष्पोन्समा आधारित भुक्तानी (क्युआर कोर्ड) तीन गुणाले वृद्धि भएको छ। नेपाल राष्ट्रबैंकका अनुसार आर्थिक वर्ष २०७८ को फागुन मसान्त (सन् २०२२ को मिड मार्च) सम्मको अवधिमा क्युआर कोडमार्फत २३ लाख ७ हजार ९ सय ४ कारोबार संख्या भएको थियो।...

जीडीपीमा उत्पादनमूलक क्षेत्रको योगदान तीन गुणाले बढाउने लक्ष्य

‘प्रधानमन्त्री नेपाली वस्तु उत्पादन र उपभोग दशक’ अभियान अनुसार जीडीपीमा उत्पादनमूलक क्षेत्रको योगदान तीन गुणाले बढाउने लक्ष्य लिइएको छ ।

५ वर्षमा विद्युत खपत ३ गुणाले बढ्यो

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पछिल्लो ५ वर्षमा नेपालमा ३ गुणाले विद्युत खपत बढेको बताएका छन् । आज आयोजित प्राधिकरणको ३७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ५ वर्षमा ३ गुणाले विद्युत खपत बढेको बताए ।‘हिजो विद्युत प्राधिकरणमा घाटामा हुँदा तलब खान पनि ऋण लिनुपर्ने थियो । प्राधिकरणमा गर्ने कुनै पनि निर्णयको कार्यान्वयनमा आउँदैनथ्यो,’ उनले भने, ‘प्राधिकरणमा घाटामा हुँदा केही निर्णय हुँदा अख्तियार र संसदीय समितिबाट चिठ्ठी आउँथ्यो ।’ यो सफलता प्रा

एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या ६ गुणाले बढ्यो

चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले आज भक्तपुरको सानो ठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएका हुन् ।यस वर्ष नेपालमा दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले सामान्य मानिसह

युक्रेन युद्धसँगै रुसले ३.७ गुणाले बढायो भारततर्फको निर्यात

युक्रेनमा सैन्य हमला गरेसँगै रुसले भारततर्फको निर्यात ३.७ गुणाले बढाएको छ । टाइम्स अफ इण्डियाको पछिल्लो रिपोर्टअनुसार पछिल्लो दुई महिनामा रुसबाट भारततर्फ हुने निर्यात ३.७ गुणाले बढेको हो । खासगरी, युक्रेनमा सैन्य हमला सुरू गरेसँगै रुसमाथि पश्चिमा मुलुकहरूले विभिन्न प्रकारका आर्थिक प्रतिबन्ध लगाएका थिए । पश्चिमाको प्रतिबन्ध लागेसँगै रुसबाट निर्यात हुने पेट्रोलियम पदार्थको बजार समेत गुमेको थियो ।आफ्नो परम्परागत बजार गुमे सँगै रुसले एसियाका दुई ठूला मुलुक भारत र चीनलाई पेट्रोलियम पदार्थ निर्यातको न

विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

काठमाडौँ – वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले ०७८/७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन्। शुक्रवार विभागमा वैदेशिक रोजगार विभागको वार्षिक समीक्षा तथा छलफल कार्यक्रममा महानिर्देशक पौडेलले चालु आर्थिक वर्षमा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख २८ हजार भन्दा माथि पुगेको बताए। उनले चालु वर्षमा अहिलेसम्मकै […]

विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले आर्थिक वर्ष २०७८/०७९ मा विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएको बताएका छन्।...

महामारीको प्रभावले अन्याय झन् धेरै गुणाले बढ्यो : युनिसेफ

काठमाडौं : कोभिड-१९ महामारीको प्रभावले लैङ्गिक असमानता धेरै गुणाले बढेको युनिसेफले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले वक्तव्य जारी गर्दै महामारीको प्रभावले अन्याय झन् धेरै गुणाले बढेको बताएकी हुन्। उनले भनेकी छिन्, ‘लैङ्गिक समानताको लडाइँ समाप्त हुन अझ धेरै बाँकी छ। वास्तवमा, कोभिड-१९ भन्दापहिले…

तीन गुणाले बढ्यो सवारी दुर्घटना

बनियानी । झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए । झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी […]

असार लागेपछि विकास खर्च झन्डै तीन गुणाले बढ्यो

असार लागेपछि मुलुकको विकास खर्च अघिल्ला ११ महिनाको तुलनामा तीन गुणाले बढेको छ । आर्थिक वर्षको अन्तिम एक महिनामा खर्च र भुक्तानी बढाउने सरकारी प्रवृत्ति यस वर्ष पनि दोहोरिएको हो ।  जेठ मसान्तसम्ममा...