‘हरपलको खबर र विश्लेषण’को नारा तथा परिवर्तनको पक्षमा समर्पित हुने उद्देश्यका साथ ९ वर्षअघि रातोपाटी डटकम सञ्चालनमा आएको हो । अनलाइन पत्रकारिता वामे सर्दै गर्दा लुकेका र लुकाइएका खबर पस्कँदै आवाजविहीनहरूको आवाज बनेर फरक बाटोबाट अघि बढ्ने अठोटका साथ रातोपाटी स्थापना भएको यस पङ्क्तिकारलाई स्मरण छ । रातोपाटीका संस्थापक ओम शर्माको नेतृत्वमा निकै आरोह अवरोध छिचोल्दै अहिलेको अवस्थामा रातोपाटी आइपुगेको कहीँकतै छिपेको छैन ।स्थापनाकालदेखि नै रातोपाटीमा आबद्ध रहेको नाताले यस पङ्क्तिकारलाई रातोप