माेरङ- सुनसरीको क्षेत्र नम्बर- ४ को अवरुद्ध मतगणना सुरु हुने भएको छ। मंगलबार इनरुवा नगरपालिकास्थित भगवती माविमा बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने जनाएकाे हाे। रोकिएको मतदान केन्द्रको गणनालाई सिसिटिभी फुटेजमा हेरेर निर्णय गरिएकाे हाे। निर्वाचन आयोगले सोमबार पत्र पठाउँदै आवश्यक परेको अवस्थामा सिसिटिभी फुटेज उपलब्ध गराएर मतगणना गराउन सकिने जनाएको थियो। सोही अनुरूप सर्वदलीय […]
९ मंसिर, बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको छ । मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले पुनः मतदानको माग गर्दै विरोध गरेपछि मतगणना रोकिएको हो । मतपेटिकामा मुचुल्कामा भन्दा ५० थान मतपत्र बढी देखिएपछि एमाले इतरका […]
एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को मतगणना अवरुद्ध भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेकै बेला दलका प्रतिनिधिहरुले मतपत्रका बाकसमा सिलबन्दीप्रति प्रश्न उठाउँदै विरोध गरेपछि अवरुद्ध भएको हो ।यो क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेत र झलनाथ खनालबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचन अधिकृत दीपकुमार दाहालले केही प्राविधिक कारणले गणना अवरुद्ध भएपनि सहमति जुटाउने प्रयास जारी रहेको र केहीबेरमा गणना सुचारु गर्ने प्रतिक्रिया दिए।
भरतपुर महानगरपालिकामा अवरुद्ध भएको मतगणना फेरि सुरु भएको छ । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि मतगणना अवरुद्ध भएको थियो ।प्रहरीले नियन्त्रणमा लिएका एमाले कार्यकर्तालाई रिहा गरेपछि मतगणना सुरु भएको हो । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्कने क्रममा मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि भरतपुर महानगरपालिकाको मतगणना अवरुद्ध बनेको छ । सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका छन् । मतगणना स्थलमा तोकिएको अधिकारीबाहेक प्रवेश निषेध गरिएको छ । तर ती प्रतिनिधि अनाधिकृत रुपमा प्रवेश गरेपछि प्रहरीले तत्का
रौतहट, ९ जेठ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदानस्थल तनावग्रस्त भएको छ । खसेको मत भन्दा बढी मतपेटिका भेटिएपछि मतगणनास्थल तनावग्रस्त भएको हो । आधारभुत विद्यालयमा ४७ थान मतपत्र भेटिएपछि मतगणना कार्यपनि अवरुद्ध भएको छ । सिल गरेको भन्दा ४७ मत बढी मतपत्र भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उम्मेदवारहरुले आइतबार रातिदेखि गणना […]
रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदान भएको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि मतगणना अवरुद्ध भएको छ । फतुवा विजयपुर ३ मेवा अन्तर्गत आधारभूत विद्यालयको मतपेटिकामा ४७ थान मतपत्र बढी भेटिएपछि आइतबार रातिबाट मतगणना अवरुद्ध भएको हो ।मतदानपछि मुचुल्कासहित सिल गरेको मतपेटिकामा १५७६ मतपत्र हुनुपर्नेमा गन्दा ४७ मत बढि भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उमेदवारहरूले मतगणना अवरुद्ध गरेका हुन् । मतगणना अवरुद्ध हुँदा तनावको अवस्था देखिएको छ । एमाले मेयरका उम्मेदवार बिजय
भरतपुर महानगरपालिकामा अवरुद्ध मतगणना सुरु गर्ने विषयमा सहमति जुटाउन सर्वदलीय बैठक सुरु भएको छ । सोमबार राति पौने १२ बजेदेखि सर्वदलीय बैठक सुरु भएको हो । भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सर्वदलीय बैठक सुरु भएको रातोपाटीकर्मी गणेश लम्सालले मतगणनास्थलबाट जनाएका छन् । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको थियो । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रत