सुनको अभावपछि गरगहनाको अर्डर लिन छाडे व्यवसायीले

वैशाख १४, काठामाडौ । सुनको अभाव भएपछि व्यवसायीले नयाँ गरगहनाका लागि अर्डर लिन छाडेका छन् । बैंकहरुले बिलासी वस्तुका रुपमा रहेको सुनको प्रतितपत्र(एलसी) खोल्न बन्द गरेपछि बजारमा यतिबेला सुनको अभाव छ । दैनिक २० केजीसम्मको कोटा रहेको सुन आयातमा गत चैत महीनाको मध्यबाट १० केजीमा झारिएको थियो । हाल त्यो पनि पूर्णरुपमा बन्द रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले सुनको आयात रोकिंदा हजारौं कालिगढ र व्यवसायीको दैनिकीमै असर परेको बताए । वाणिज्य बैंकहरुले पालैपालो सुन आयात गरेर व्यवसायीलाई दिंदै आएका थिए । सुन आयातका लागि वाणिज्य बैंकहरुलाई मात्रै अधिकार दिइएको छ ।  ‘अहिले बजारमा सुन छैन, केही व्यवसायीले भएका गरगहना बेचिरहेका छन्, तर नयाँ डिजाइनमा भनेजति गरगहना दिन सक्ने अवस्था छैन’ , उनले भने,  ‘त्यसैले अहिले धेरैजसो व्यवसायीले अर्डर लिनै छाडे ।’ अहिले बिहेको सिजन भएकाले सुनका गरगहनाको पर्याप्त अर्डर आए पनि लिन नसकिएको उनले बताए । यस्तो बेला आपूर्ति नै ठप्प हुँदा अवैधानिक रुपमा आयात हुन सक्ने, कालोबजारी मौलाउने र त्यसले झनै जोखिम बढाउने व्यवसायीको भनाइ छ । ‘केही दिनसम्मका लागि त दैनिक ५० केजी केजी सुन चाहिने अवस्था छ’, शाक्यले भने । बिहे, ब्रतबन्ध तथा अन्य चाडपर्वका लागि समेत सुनको महत्व रहेको भन्दै शाक्यले तत्काल यसको एलसी खोल्नुपर्ने सुझाव दिए । अहिले कसैले सुनका पुराना गहना ल्याएर नयाँ डिजाइनमा बनाउन दिएमा भने त्यो कार्य गर्न भने सकिने उनले बताए ।  यसअघि सुनचाँदी क्षेत्रका तीन ओटा महासंघ सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ र नेपाल हस्तकला व्यवसायी महासंघले संयुक्त बैठक बसेर सीमित मात्रामा भए पनि सुनको आयात गर्नुपर्ने र त्यसका लागि सरकारसँग पहल गर्ने निर्णय गरेको थियो ।  विदेसिएका व्यक्तिहरुले ल्याउने सुनले पनि केही माग धान्ने गरेको छ । विदेशबाट फर्कदा एक व्यक्तिले ५० ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ । यो व्यवस्थाकै कारण विदेशबाट फर्केका कतिपयले सामान्य तोडमोड गरी सुनका गहना ल्याउने गर्छन् ।  सुन मुलुकमा आयात हुने उच्च मूल्यको वस्तुको सूचीमा टप टेनभित्र पर्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको ८ महीना अर्थात् साउनदेखि फागुन मसान्तसम्म ३२ अर्ब ६७ करोड रुपैयाँको सुन आयात भएको छ । उच्च आयात हुने वस्तुमा सुन नवौं स्थानमा पर्दछ । त्यस्तै कुल आयातमा सुनको हिस्सा २ दशमलव ५ प्रतिशत छ । सुनको आयात गत वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । मुलुकको विदेशी मुद्रा सञ्चिति घटेपछि सुनचाँदी, सवारीसाधन जस्ता बिलासी वस्तुको आयातमा सरकारले यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।  

सम्बन्धित सामग्री

लमजुङ र मनाङका ६ हजार व्यवसायीले तिरेनन् कर

लमजुङ र मनाङका पाँच हजार सात सय तीनजना व्यवसायीले व्यवसाय दर्ता गरेर कर नबुझाएको पाइएको छ । करदाता सेवा कार्यालय बेँसीसहरले लमजुङ र मनाङका पाँच हजार सात सय तीनजना व्यवसायीले...

मोरङका उद्योगी व्यवसायीले रोके आन्दोलन

विराटनगर : विराटनगरका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन्। नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका हुन्।अर्थमन्त्री  पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए। सरकारले माग सम्बोधन गर्ने आश देखाएको उनले बताए। माग सम्बोधन नभए पुनः सडक संघर्षमा फर्किने उनको भनाइ छ। अर्थमन्त्रीसँगको वार्ताका लागि आजै टोली

व्यवसायीले कानुनविपरीत इन्धन आपूर्ति रोक्न थाले

ढुवानी भाडा बढाउन माग गरेका ट्यांकर व्यवसायीले दुई दिनदेखि इन्धन लिन ट्यांकर भारत पठाउनै छाडे अत्यावश्यक वस्तु तथा सेवा अवरुद्ध गर्न नपाइने कानुनी व्यवस्थाविपरीत पेट्रोलियम ढुवानी व्यवसायीले इन्धन आपूर्ति रोक्न थालेका...

काठमाडौं महानगरसँग होटल व्यवसायीले मागे कर छुट

२ असार, काठमाडौं । होटल व्यवसायीले काठमाडौं महानगरपालिकासँग कर छुटको माग गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि होटेल संघ नेपाल (हान) ले मेयर बालेन साह समक्ष ज्ञापन पत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन् । उनीहरुले पत्रमा कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै […]

कास्कीका निर्माण व्यवसायीले घेरे जिल्ला प्रशासन

कास्की जिल्लाका निर्माण व्यवसायीले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले मंगलबार एक घण्टा धर्ना दिएका हुन् ।महासंघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयको गेट अगाडी धर्ना दिएको बताएका छन् । निर्माणका विषयमा सरकार उदासिन रहेको उनीहरुको आरोप छ । महासंघले देशैभर दवाव मुलक कार्यक्रम गरिहेको छ ।निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देश

एक सय ४७ व्यवसायीले लगाए बुस्टर डोज

भक्तपुरका एक सय ४७ जना उद्योगी व्यवसायीले शनिबार कोभिडविरुद्ध बुस्टर डोज खोप लगाएका छन्।

पर्साका कानुन व्यवसायीले पनि अदालतमा दिए धर्ना

पर्सा : बहसको समय पर सार्न अनुरोध गर्दैै पर्साका कानून व्यवसायीले सोमबार पनि उच्च अदालत र जिल्ला अदालतको गेटमा धर्ना दिए।सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै पर्साका दुवै अदालतको मूलद्वार ठप्प पारेर यहाँका कानून व्यवसायीले पनि धर्नालाई निरन्तरता दिएका हुन्।उनीहरुले आइतबार पनि एक घण्टा पर्साका दुवै अदालतको मूलद्वारमा धर्ना दिएका थिए।धर्नाका बेला बहस गर्ने पालो परेका कानून व्यवसायीले अदालत प्रशासनसँग समय सार्न अनुरोध गरेका थिए। बहसको समय एक

रात्रीकालिन मनोरञ्जन व्यवसायीले सिडिओलाई बुझाए चाबी

रात्रीकालिन मनोरञ्जन व्यवसायीले कोरोनाका कारण लामो समयदेखि व्यवसाय बन्द भएकोमा सरकारले कुनै चासो नदेखाएको भन्दै चाबी प्रशासनमा बुझाएका छन्।

यी व्यवसायीले पाउँछन स्टार्टअप कर्जा

काठमाडौं। अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि स्टार्टअप व्यवसायीलाई कर्जा दिनेगरी तयार गरेको कार्यविधिले १४ प्रकारका स्टार्टअप व्यवसायलाई कर्जा दिनेछ । कृषि तथा पशुपन्छी, वन, पर्यटन, वैकल्पिक ऊर्जा, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, दैनिक जीवन सहज बनाउने, फोहोर मैला व्यवस्थापन, यातायात, विपद् जोखिम न्यूनीकरण, निर्माण र अटोमोबाइल व्यवसायीले कर्जा पाउनेछन्। यसबाहेक कर्जा अनुमति दिने समितिको सिफारिसमा अन्य व्यवसायीले पनि कर्जा पाउनेछन् ।

व्यवसायीले दिए ६७ थान अक्सिजन सिलिन्डर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सिजनसहितका तथा ३४ थान खाली गरी ६७ थान अक