पर्सा : बहसको समय पर सार्न अनुरोध गर्दैै पर्साका कानून व्यवसायीले सोमबार पनि उच्च अदालत र जिल्ला अदालतको गेटमा धर्ना दिए।सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग गर्दै पर्साका दुवै अदालतको मूलद्वार ठप्प पारेर यहाँका कानून व्यवसायीले पनि धर्नालाई निरन्तरता दिएका हुन्।उनीहरुले आइतबार पनि एक घण्टा पर्साका दुवै अदालतको मूलद्वारमा धर्ना दिएका थिए।धर्नाका बेला बहस गर्ने पालो परेका कानून व्यवसायीले अदालत प्रशासनसँग समय सार्न अनुरोध गरेका थिए। बहसको समय एक