नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगी व्यवसायीले आफूहरुले उद्योगमा प्रयोग गर्ने अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेका छन् । कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग हुने गरी उद्योगी व्यवसायीले ६७ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेर जिल्ला प्रहरी कार्यालयलाई उपलब्ध गराएका हुन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को अनुरोधमा जिल्लाका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट ३३ थान अक्सिजनसहितका तथा ३४ थान खाली गरी ६७ थान अक