रामेछाप – मन्थली नगरपालिका ८ को जखनिटारमा बस्ती मुनिबाट निर्माण गरिएको कालोपत्र सडकमा पहिरो गएपछि पाँच घरका परिवार भएका छन् । १५ दिनअघि निर्माण गरिएको सडकमा पहिरो गएपछि पाँच घरका परिवार विस्थापित भएका छन् भने अन्य स्थानीयवासी त्रसित भएका छन् ।
अरू घर जोखिममा पर्नुअघि नै सडक तत्कालै निर्माण गरिदिन माग गरिएको मन्थली नगरपालिका गाइखुराकी यशोदा माझीले जानकारी दिनुभयो । ‘निर्माण व्यवसायीले कमजोर संरचना निर्माण गरेको कारण सडक भत्किएको हो । हामीले पहिला नै निर्माण व्यवसायीलाई माथि बस्ती भएकाले सडक निर्म...