गोठ भत्किँदा बालिकाको मृत्यु

दाङको घोराही उपमहानगरपालिका ९ मा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहागनरपालिका ९ मा आज माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय दाङले गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।