स्थानीय नेतृत्वमा आर्थिक पारदर्शिताको खाँचो

राजु श्रेष्ठ निर्वाचित नेतृत्व नहुँदा दुई दशकसम्म स्थानीय तह कर्मचारी र राजनीतिक संयन्त्रको भरोसामा चल्यो । द्वन्द्वको चपेटाका कारण लामो अवधिसम्म स्थानीयस्तरमा सरकारको उपस्थिति तत्कालीन अवस्थामा गाउँ विकास समिति (गाविस) सदरमुकाममा मात्रै सीमित रह्यो ।एकातिर जवाफदेहीपूर्ण जननिर्वाचित स्थानीय नेतृत्वको अभाव तथा अर्कोतिर द्वन्द्वको त्रासले सरकारको उपस्थिति स्थानीयरूपमा हुनै सकेन । पछिल्ला केही वर्ष दलीय संयन्त्रको […]

सम्बन्धित सामग्री

नेतृत्वमा महिला : आरक्षण मात्र होइन, गुणात्मक सुधारको खाँचो

संविधानको मर्मअनुरूप राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउन एवं नेतृत्व प्रदान गर्न सबैभन्दा पहिले क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । ‘निर्भीक नारी’ कार्यक्रमको पहिलो सत्र ‘नेतृत्वमा नारी : परम्परालाई भारी ?’ सत्रमा बोल्ने अधिकांश वक्ताले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘कृषिको सम्भाव्यता उपयोगका लागि प्रोत्साहनको खाँचो’

वीरगञ्ज। मधेशको कृषि क्षेत्रको उपयोगमार्फत आर्थिक विकासमा छलाङ मार्न सकिने सम्भावना भए पनि त्यसको उपयोग हुन नसकेको निजीक्षेत्रले बताएको छ । मधेश प्रदेशका उद्योगी व्यापारीहरूले संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाललाई मन्त्रालयमै भेटेर यस्तो बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीको नेतृत्वमा गएका उद्यमीहरूले मन्त्री भुसाललाई शुक्रवार भेटेर मधेशको कृषि सम्भाव्यताको उपयोगका लागि प्रभावकारी रणनीति बनाउन आग्रह गरे । मधेश प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको र यहाँ श्रमशक्तिको आपूर्ति सहज हुने भएकाले कृषिको व्यावसायिक प्रवर्द्धनमा सहयोग पुग्ने निजीक्षेत्रको भनाइ छ । यो प्रदेशमा तरकारी, फलफूल, माछा, मासुको व्यावसायिक उत्पादन र खपतको उच्च सम्भावना रहेको टेमानीले बताए ।  मन्त्री भुसालले देशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषिको सम्भाव्यता उपयोगमा सरकार गम्भीर रहेको बताए । कृषि क्षेत्रको प्रवर्द्धनका लागि सरकार निजीक्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उनले बताएको भेटमा सहभागी वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले जानकारी दिए ।  मधेशमा समथर तथा उर्वर भूमि रहेकाले कृषिको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना उद्यमीहरूले औंल्याएका छन् । मधेश धान, मकै, गहुँ, तरकारी, फलफूल र माछापालनको सम्भाव्यताका हिसाबले अगाडि रहेको उनीहरूले बताएका छन् । माछापालनमा मधेशका सबै जिल्ला अग्रस्थानमा रहेकाले आधुनिक प्रविधि प्रयोग गरी माछामा आत्मनिर्भर हुन सकिने महासंघ, मधेश प्रदेशको भनाइ छ । यसका लागि कृषिलाई प्रविधिमैत्री र तुलनात्मक लाभको खेतीमा प्रोत्साहन गरिनुपर्ने सुझाव उद्योथी व्यवसायीले दिएका छन् । जनशक्तिलाई कृषिमा आकर्षित गर्न प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको छ । सामूहिक वा सहकारी कृषि प्रणालीमार्फत कृषियोग्य जग्गा उपयोगमा ल्याउनुपर्ने, सिँचाइ आयोजनाको विस्तार, मलखाद तथा बीउको सहज उपलब्धता र अनुदान, प्रविधिमा प्रोत्साहन र सहुलियत, प्रत्येक जिल्लामा कृषि बजारको व्यवस्थामार्फत कृषिको सम्भावना उपयोग गर्न सकिने सुझाव मन्त्री भुसाललाई दिइएको छ ।

फिल्म हलमा लाग्यो ‘अन्तिम संस्कार’

काठमाडौं । नयाँ विदेशी फिल्म रिलिज नभएको छेकोमा नेपालको ‘अन्तिम संस्कार’ शुक्रबारदेखि हलमा लागेको छ । सामाजिक कथावस्तुमा बनेको फिल्मलाई एकल प्रदर्शनको मौका छ । यो अवसरलाई ब्यापारमा बदल्न फिल्मसामु सकारात्मक ‘वर्ड अफ माउथ’को खाँचो छ । हराएको एक फिल्ममेकरलाई खोज्न जड्याहा प्रहरी अधिकृतको नेतृत्वमा चलाइएको अप्रेसनको कथा प्रस्तुत गर्ने यो फिल्मलाई प्रदीप शाहीले निर्देशन […]

आर्थिक विकासका लागि सहकार्य आवश्यक

अर्थमन्त्री प्रकाश शरण महतले मुलुकको आर्थिक विकासका लागि सवै मिलि काम गर्नुपर्ने खाँचो औंल्याएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सबै पक्षसँगै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासँग प्रतिनिधिमण्डलसँगको भेटमा उनले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने […]

खाँचो उचित पात्रलाई उचित जिम्मेवारीको

काठमाडौं । ओसोको शब्द सापटी लिँदा ‘राजनीति डकैतीको आधुनिक व्यवस्था हो।’ उनले त बरु व्यंग्यमिश्रित भावमा त्यसो भनेका होलान् । तर राजनीतिमा लागेका हाम्राको हालसम्मको रवैया नियाल्दा त त्यसलाई साकार पार्न यिनले कुनै कसर बाँकी राख्लान् जस्तो देखिँदैन। दुर्भाग्य, जुनसुकै व्यवस्था या वादमा पनि यहाँ नेतृत्वमा प्रायः उनै दोहोरिन्छन्। त्यसो भएपछि स्वाभाविकरूपमा परिणाम पनि उही […]

‘पर्यटन पुनरुत्थानका लागि सरकार–निजीक्षेत्र सहकार्यको खाँचो’

वीरगञ्ज । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायको पुनरुत्थानका लागि तहगत सरकार र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याइएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री मणिभद्र शर्माको नेतृत्वमा आएको टोली र वीरगञ्जका उद्यमी व्यवसायीबीच वीरगञ्जमा हालै भएको अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शर्माले कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको दाबी गरे । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पर्यटनसम्बन्धी कानूनको मस्यौदा तयार गरेको र त्यसमा थप्नुपर्ने विषय तथा संशोधनका बारेमा सरोकारका पक्षसँग सुझाव मागिएको पनि मन्त्री शर्माले बताए । गण्डकी प्रदेशले ल्याउने कानून पर्यटन व्यवसायमैत्री हुने प्रतिबद्धता उनले व्यक्त गरे  । ‘पर्यटन क्षेत्र नेपालको एक प्रमुख आयआर्जनको स्रोत हो । यसको उन्नयनबाटै राष्ट्रिय, प्रादेशिक र स्थानीय अर्थतन्त्रको सबलीकरण सम्भव भएकाले यसमा सरोकारका सबै पक्षको रचनात्मक भूमिकाको खाँचो छ,’ मन्त्री शर्माले भने ।   कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले प्रदेश २ मा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासमा संघले आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए । वीरगञ्ज र आसपासका क्षेत्रको पर्यटकीय सम्भावना उजागर गरिनुपर्नेमा अध्यक्ष गुप्ताले जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले २ नम्बर प्रदेशमा धार्मिक पर्यटनको सम्भाव्यता रहेको बताए । नेपाल र भारतको सामाजिक र संस्कृतिक सम्बन्धका कारण पनि भारतीय पर्यटकको सम्भावना अधिक रहेकाले भारतीय पर्यटक भित्र्याउनुपर्ने अध्यक्ष लाठको भनाइ थियो । अहिले कोरोनाका कारण पर्यटन समस्यामा परेका बेला भारतीय पर्यटकलाई ल्याउन सहजीकरणका उपायमा केन्द्रित हुनुपर्ने उनको सुझाव थियो । हालै सिमरा र पोखरा सीधा हवाई सेवा शुरू भएकाले यसले भारतीय पर्यटकलाई थप आकर्षित गर्न सक्ने उनले औंल्याए । कार्यक्रममा बुद्ध एयरका सञ्चालक परासरजंग पाण्डेले वीरगञ्ज नाका भएर भित्रिने भारतीय पर्यटकलाई लक्षित गरी बुद्ध एयरले बुधवारदेखि सिमरा–पोखरा सेवा शुरू गरेको बताए । आउने २÷३ महीनाभित्रै हवाई यात्रा सोचेभन्दा सुलभ भाडादरमा उपलब्ध हुने दाबी समेत उनले गरे । यसबाट वीरगञ्ज र आसपासका क्षेत्र र पर्यटकीय नगर पोखराबीच पर्यटन प्रवद्र्धनमा सहकार्य र सहयोग प्रवद्र्धन हुने उनले बताए ।

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको सरकार भएकाले पनि मन्त्री माग्नेहरूको रोइलो देखिएको हो । यसका पछाडि प्रतिपक्ष गठबन्धनको सरकार बनेपछि सो गठबन्धनमा आबद्ध विभिन्न पार्टीहरूको अपेक्षाले यसमा ठूलो काम गरेको छ । आफैं त सरकारको नेतृत्व […] The post चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेतृत्वमा स्वःअनुगमन र मूल्याङ्कनको खाँचो

नेपाल प्राकृतिक स्रोत साधन सम्पन्न देश हो । यहाँ विश्वको सर्वोच्च चुचुरो, मनमोहक तथा रमणीय अनेकौँ हिमशृङ्खला, पहाड, पर्वत, हरियाली वनजङ्गल, मूल्यवान जडीबुटी, फाँटहरू अनि त्यसमा रस भर्ने नीला नदीनाला, झरना, खोला खोल्सा, ताल तलैया छन् । यो देश तराईको समथर भूभागदेखि आठ हजार मिटरभन्दा अग्ला हिमाली शीतल छहारीमा फैलिएको छ । जाति, धर्म, भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज, रहनसहनले सम्पन्न देश भएकाले पर्यटकहरूका लागि विश्वको एउटा महत्त्वपूर्ण गन्तव्य पनि हो । बुद्ध भगवानको जन्मस्थल, राजा जनकको राज्य, पश

महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान दिएन : नेता डा. संग्रौला

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महिला हिंसाका घटना न्युनीकरणमा सामूहिक प्रयत्नको खाँचो औंल्याएकी छन् ।          नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा सोमवार मार्तडीमा आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापी अभियान सञ्चालन गरेको बताइन् । उनले सुदूरपश्चिमका ९ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाइन् ।