नेपाल प्राकृतिक स्रोत साधन सम्पन्न देश हो । यहाँ विश्वको सर्वोच्च चुचुरो, मनमोहक तथा रमणीय अनेकौँ हिमशृङ्खला, पहाड, पर्वत, हरियाली वनजङ्गल, मूल्यवान जडीबुटी, फाँटहरू अनि त्यसमा रस भर्ने नीला नदीनाला, झरना, खोला खोल्सा, ताल तलैया छन् । यो देश तराईको समथर भूभागदेखि आठ हजार मिटरभन्दा अग्ला हिमाली शीतल छहारीमा फैलिएको छ । जाति, धर्म, भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज, रहनसहनले सम्पन्न देश भएकाले पर्यटकहरूका लागि विश्वको एउटा महत्त्वपूर्ण गन्तव्य पनि हो । बुद्ध भगवानको जन्मस्थल, राजा जनकको राज्य, पश