संविधानको मर्मअनुरूप राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउन एवं नेतृत्व प्रदान गर्न सबैभन्दा पहिले क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । ‘निर्भीक नारी’ कार्यक्रमको पहिलो सत्र ‘नेतृत्वमा नारी : परम्परालाई भारी ?’ सत्रमा बोल्ने अधिकांश वक्ताले यस्तो अभिव्यक्ति दिएका हुन् ।