चुनाव हारेपछि बुवा गिरिजालाई सम्झिँदै सुजाताले भनिन् – सहमति, सहकार्य र एकताको खाँचो छ

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् ।       कांग्रेसको उपसभापतिमा पराजित नेत्री कोइरालाले बिहीवार एक विज्ञप्ति जारी गरी देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधिको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा कांग्रेसको नेतृत्वमा महिला आउने बताइन् । ‘कांग्रेस पार्टी र राज्यका हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय, अन्तर्राष्ट्...

सम्बन्धित सामग्री

नेपाल भारत आर्थिक सम्बन्ध : ‘सहकार्यमा नयाँ दृष्टिकोणको खाँचो’

वीरगञ्ज । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई नयाँ दृष्टिकोणबाट पुन: परिभाषित गरिनुपर्ने सरोकारका पक्षले बताएका छन् । पीएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री भारतले बुधवार वीरगञ्जमा आयोजना गरेको ‘भारत–नेपाल इकोनोमिक पार्टनरसिप समिट २०२३’ का सहभागीले यस्तो बताएका हुन् ।  भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बरालले नेपाल र भारतबीच आर्थिक विकासमा सहकार्यका लागि नयाँ दृष्टिकोणको खाँचो औंल्याए । नेपाल कृषिप्रधान देश भनिए पनि पछिल्लो समय खेतीयोग्य जग्गामा तीव्र रूपमा प्लटिङ गरिएको भन्दै बरालले चिन्ता व्यक्त गरे ।  नेपालको आर्थिक विकासमा पर्यटन र जलविद्युत्को सम्भावना भएको भन्दै नेपाल–भारत आर्थिक सहकार्यमा राजनीतिक तहका सहमतिलाई दुवैतर्फका कर्मचारी तहले अघि बढाउन नसकेको टिप्पणी उनको थियो ।  विश्लेषक एवं निम्बस ग्र्रूपका अध्यक्ष जगदशीप्रसाद अग्रवालले नेपालको विकासमा भारतीय भूमिका स्पष्ट हुनुपर्ने बताए । नेपाल र भारतबीच खाद्य सुरक्षाको सवालमा सहकार्य हुनसक्ने बताउँदै अग्रवालले भने, ‘कोरोना महामारीयता प्रत्येकजसो देशले खाद्य सुरक्षालाई गम्भीर रूपमा लिएको अवस्था छ । यस्तोमा नेपाल र भारतबीच सहकार्य हुन सक्ने पर्याप्त सम्भावना छ ।’  नेपालमा भारतीय लगानी ल्याउन प्रतिस्पर्धी आधार निर्माण हुनुपर्ने अग्रवालको धारणा थियो । ‘पूँजीको लागतका आधारमा नेपालमा लगानी ल्याउन सम्भव छैन । तर, जलविद्युत्मा यो आधार बनाउन सकिन्छ । यसमा नेपाल र भारतबीच सहकार्य हुन सक्छ,’ उनले भने । वातावरण परिवर्तनका कारण उत्पन्न हुन सक्ने जोखिमप्रति नेपाल र भारत सतर्क हुनुपर्ने उनले बताए ।  नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका अध्यक्ष सुबोधकुमार गुप्ताले नेपाल र भारतबीचको विगत १० वर्षको व्यापार प्रवृत्ति विश्लेषण गरेर आगामी १० वर्षको योजना बनाइनुपर्ने बताए । उनले सीमाक्षेत्रबाट भइरहेको अनधिकृत व्यापार रोक्न दुवै देशबीच समन्वयको खाँचो रहेको पनि स्पष्ट पारे ।  नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले नेपाल र भारतबीचको सम्बन्धका आयामहरू सिमानामा भए पनि नीति काठमाडौं र दिल्लीमा भएकाले सापेक्ष हुन नसकेको दाबी गरे । नेपाल र भारतबीच शिक्षा, स्वास्थ्यजस्ता विषयमा साझेदारी हुन सक्ने र यसका लागि दुवैतर्फको निजीक्षेत्र र अन्तरसरकारी सहकार्यको खाँचो रहेको उनले बताए ।  नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार वैदले नेपाल र भारतबीच आपसी आर्थिक हितका विषयमा सहकार्य हुन सक्ने बताए । सीमाक्षेत्रको अर्थतन्त्रको विशेषताको उपयोग र आपसी संयन्त्र निर्माण गरेर आर्थिक सम्भावनाहरूको उपयोग गर्न सकिने वैदले दाबी गरे । नेपाल–भारत उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष अभिशेक चौधरीले नेपाल र भारतबीचका आर्थिक सम्भाव्यताहरूको प्रवर्द्धन गरिनुपर्ने बताए । दुई देशबीच विशिष्ट सामाजिक र आर्थिक सम्बन्ध रहेको भन्दै उनले नेपालबाट भारतीय बजारमा निकासीको सहुलियत उपयोग गर्नुपर्ने बताए ।  कार्यक्रममा भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल र भारतबीच आर्थिक र सामाजिक सहकार्यका आयाम उदाहरणीय रहेको दाबी गरे । उनले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन दक्षिण एशियाकै नमूना योजना भएको बताए ।  वाणिज्यदूत सतीश पटापुले नेपालमा शतप्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति भारतबाट हुँदै आएको उल्लेख गरे । भारतीय बजारमा नेपाली उत्पादन शून्य भन्सार सहुलियतमा निकासी, सीमावर्ती पूर्वाधार, विद्युत् व्यापार, रेल तथा सडक पूर्वाधारलगायतमा सहकार्य रहेको उनले बताए ।  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले नेपाल–भारत व्यापार सन्धिलाई समयसापेक्ष सुधार गरिनुपर्ने बताए । नेपालबाट हुने निर्यात व्यापारमा भारतीय पक्षबाट गैरभन्सार अवरोध भएको भन्दै उनले नेपाल–भारत एकीकृत जाँच चौकीमा गुणस्तर परीक्षणका लागि आधुनिक प्रयोगशाला बनाइनुपर्ने माग गरे ।  मधेश प्रदेश योजना आयोगका सदस्य सोहन साहले नेपालको कुल गार्हस्थ्य उत्पादन दक्षिण एशियामा सबैभन्दा कम भएको भन्दै मधेश आर्थिक विकासमा पछि परेको बताए । वीरगञ्ज मधेशकै आर्थिक गतिविधिको मुहान भए पनि आसपासका क्षेत्रको सामाजिक जीवन निकै पछि परेको उनको भनाइ थियो ।

आर्थिक विकासका लागि सहकार्य आवश्यक

अर्थमन्त्री प्रकाश शरण महतले मुलुकको आर्थिक विकासका लागि सवै मिलि काम गर्नुपर्ने खाँचो औंल्याएका छन् । खस्कँदो अर्थतन्त्रलाई उकास्न सम्वद्ध सबै पक्षसँगै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकतामा उनले जोड दिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासँग प्रतिनिधिमण्डलसँगको भेटमा उनले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने […]

निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको गगन थापाको भनाई

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको विकासको लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने खाँचो औंल्याएका छन् । आज (बिहीबार) आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अब बन्ने सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय देशको पैसा बाँड्ने कुरामा दलहरुबीच […]

निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने सरकारको खाँचो: अध्यक्ष गोल्छा

काठमाडौं । निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने सरकारको खाँचो रहेको बताएको छ । निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो । निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ […]

निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने नेतृत्व आवश्यक छः निजी क्षेत्र

निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने सरकारको खाँचो रहेको बताएको छ । निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो । निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेन्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष

आर्थिक समृद्धि दलकाे घाेषणापत्रमा मात्र सीमित भयाे: शेखर गाेल्छा

काठमाडाैँ- निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउन सक्ने सरकारको खाँचो रहेको बताएको छ। निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएकाे हाे। निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि […]

बीमाको जनशक्ति विकासमा अनुसन्धान र सहकार्यको खाँचो

काठमाडौं । बीमाक्षेत्रमा जनशक्ति विकासका लागि शैक्षिक क्षेत्र र बीमाक्षेत्रबीच ठोस सहकार्य हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । एकातिर बीमा उद्योगले आवश्यकता अनुसार जनशक्ति पाउन नसक्ने, अर्कोतिर शैक्षिक बेरोजगारी बढ्नुमा आपसी तालमेल र सहकार्यको अभाव कारक रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल री)ले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘इन्डस्ट्री एकेडेमिया लाइलग’ कार्यक्रमका सहभागीहरूले बताएका हुन् । यसका लागि शैक्षिक क्षेत्रले बजार माग अनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने र बीमाक्षेत्रले यसमा प्रोत्साहन गर्नुपर्नेमा खाँचो औंल्याइएको छ । कार्यक्रममा नेपाल रीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले मावन संसाधन विकासमा बीमाक्षेत्र र शैक्षिक क्षेत्रका चुनौती पहिल्याएर अघि बढ्ने अभियानको थालनीस्वरूप संवाद कार्यक्रम आयोजना गरिएको बताए । बीमाक्षेत्रमा जनशक्तिको अभाव, ‘मिसम्याच’ जस्ता समस्या समाधानका लागि नेपाल रीले अनुसन्धान तथा विकास विभाग नै खडा गरेको भन्दै उनले अनुसन्धानको काममा बीमाका अन्य सरोकारवालाहरूले पनि जिम्मेवारी लिनुपर्ने औंल्याए । कार्यक्रममा बीमाक्षेत्रको तर्फबाट प्रस्तुति दिँदै बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले नेपालको सन्दर्भमा बीमक र बीमितबीच नै ठूलो खाडल रहेको बताए । तर यसमा एक क्षेत्रले अर्कोलाई दोषी देख्ने प्रवृत्ति रहेको उनले औंल्याए । दुई क्षेत्रबीचको अन्तर नघटेसम्म बीमाको दिगो वृद्धि र विकास हुन नसक्ने उनको भनाइ छ । कार्यक्रममा युनिग्लोब कलेजका प्राचार्य डा. नरबहादुर विष्टले बीमा क्षेत्रको दायरा ठूलो भएर पनि विद्यार्थी आउन नसक्नुका कारण पहिचान गर्नुपर्ने बताए । ‘इन्डस्ट्री र एकेडेमिया आआफ्नै ढंगले चल्ने गरेकाले पनि जनशक्ति व्यवस्थापनमा समस्या भएको छ,’ उनले भने । कार्यक्रममा सहभागी विभिन्न विश्वविद्यालयका डीनहरूले समस्या र चुनौती दुवै क्षेत्रमा रहेको भन्दै यसको निकासका लागि आपसी सहकार्य र समझदारी हुनुपर्नेमा जोड दिएका थिए । सहभागी वक्ताहरूले सबै विश्वविद्यालयको व्यवस्थापन कोर्स एकै प्रकृतिको रहेको र नयाँ कार्यक्रम आउन नसक्दा शैक्षिक बेरोजगारी बढाएको बताए । कार्यक्रममा जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले हाल बीमा क्षेत्रको जनशक्तिका लागि धेरै लगानी गर्नुपर्ने अवस्था रहेको बताए । आवश्यकता अनुसार जनशक्ति विकास नहुँदा एकबाट अर्कोमा स्थानान्तरण मात्र भइरहेको उनको भनाइ छ । यस्तै नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र वैदवारले बीमा क्षेत्रलाई आवश्यक पर्ने मानव संसाधन विकासमा लगानी गर्न बीमा उद्योग सधैं तयार रहेको बताएका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयहरूसँग हातेमालो गरेर अघि बढ्ने बताए । बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले इन्डस्ट्री र एकेडेमियाबीचको अन्तर हटाउँदै बीमा क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताए । विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष प्राडा. भीमप्रसाद सुवेदीले समय र आवश्यकता अनुसारको मानव संसाधन विकासका लागि विश्वविद्यालयहरूले आफ्ना शैक्षिक कार्यक्रममा पुनरवलोकन गर्नुपर्ने बेला आएको बताए । कार्यक्रम समापन गर्दै नेपाल री इन्स्योरेन्सका अध्यक्ष डा. रवीन्द्र घिमिरेले संस्थाले आयोजना गरेको उक्त कार्यक्रम बीमा र शिक्षाक्षेत्रबीच संवाद एवं सहकार्य थालनीको सूत्र भएको बताए । यस क्षेत्रको समस्या, माग, आवश्यकता र अपेक्षा परिपूर्तिका लागि अन्तर–समन्वय अपरिहार्य हुने उनको भनाइ थियो ।

एडीबीसँग थप सहकार्यको खाँचो छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंक (एडीबी) सँग थप सहकार्यको खाँचो रहेको बताएका छन् । शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा.वान फारिसनसँग भर्चुअल माध्यमबाट छलफलका क्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् ।हाल नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले निर्यात वृद्धिकै लागि पनि नेपालले एडीबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।  ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य

निमा एकेडेमी र द डुअर्स नेपाल बिच सहकार्य भएको छ । यसैसंगै अब द डुअर्स नेपालले निमा एकेडेमीकोलागि “परिवर्तन” नामक वेब सिरिज प्रस्तुत गर्नेछ । यो वेब सिरिज ३ भागमा बाँडिएको छ जिसमा शिक्षामाआमुल परिवर्तनको खाँचो बारे संदेश दिन खोजिएको छ । निमा एकेडेमीका कोर्सहरु किन आवश्यक छन् भन्ने कुरा सजिलोसंग बुझाउन पनि खोजिएको छ । निमा एकेडेमीको तर्फबाट “नेहा जोशी” र द डुअर्स...

निमा एकेडेमी र द डुअर्स नेपालबीच सहकार्य

काठमाडौं । निमा एकेडेमी र द डुअर्स नेपालबीच सहकार्य भएको छ । सहकार्य भएसँगै अब द डुअर्स नेपालले निमा एकेडेमीको लागि “परिवर्तन” नामक वेब सिरिज प्रस्तुत गर्नेछ । यो वेब सिरिज ३ भागमा बाँडिएको छ । जसमा शिक्षामा आमूल परिवर्तनको खाँचो परेको संदेश दिन खोजिएको छ । निमा एकेडेमीका कोर्सहरु किन आवश्यक छन् भन्ने कुरा […]