नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महिला हिंसाका घटना न्युनीकरणमा सामूहिक प्रयत्नको खाँचो औंल्याएकी छन् ।
नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा सोमवार मार्तडीमा आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापी अभियान सञ्चालन गरेको बताइन् ।
उनले सुदूरपश्चिमका ९ र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाइन् ।