बागमती प्रदेश : मन्त्रालय विभाजनले समस्या नै समस्या

हेटौंडा : बागमती प्रदेशमा सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा समस्या बढेको छ। आवश्यक स्रोत साधन र कर्मचारीको व्यवस्थापन नगरी दलभित्रको आपसी भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा समस्या उत्पन्न भएको हो।बागमती प्रदेशमा रहेका आठ मन्त्रालयलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले १४ वटा पुर्‍याएका छन्। मन्त्रालयहरु विभाजित हुँदा कर्मचारी, मन्त्रालय राख्ने भवन, सवारीसाधन, मन्त्री बस्ने ठाउँको अभावसँगै प्रदेश सरकारको खर्च पनि बढेको छ। एउटै मन्त्रालयलाई फुटाएर चार वटासम्म बना

सम्बन्धित सामग्री

बागमती प्रदेश : ६ महिनाको अवधिमा बजेट खर्च १५ प्रतिशत मात्र

बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ०९ लाख २७ हजार रुपैयाँमध्ये १५ दशमलव १५ प्रतिशत खर्च गरेको जनाएको हो ।सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदासम्म चालू आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन गरिएको कुल बजेटको ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको हो । कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन र सरकार

बागमती प्रदेश : ६ करोडको सवारी साधन खरिद, थप १४ वटा गाडी खरिद गरिँदै

बागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि करिब ६ करोड रुपैयाँ बराबरको सवारी साधन खरिद गरेको छ । थपिएका मन्त्रालयका मन्त्री तथा सचिवहरुका लागि चालु आर्थिक वर्षमा मात्र सरकारले ५ करोड ७४ लाख १६ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो ।सरकारले माघ महिनासम्म सो रकम बराबरको गाडी प्रदेशका मन्त्रालय, मन्त्री र सचिवहरुका लागि खरिद गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।हाल बागमती प्रदेशमा माओवादी केन्द्र, काँग्रेस र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धन सरकार छ । मुख्यमन्त्री राजेन्द्

बागमती प्रदेश सरकारले किन्यो ६ करोडका गाडी

हेटौंडा : बागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि ६ करोडका गाडी खरिद गरेको छ। गठबन्धनमा भागबण्डा पुर्‍याउन विभाजन भएका मन्त्रालयका मन्त्री र सचिवका लागि प्रदेश सरकारले ६ करोड बराबरका गाडी किनेको हो। गएको कात्तिक १० गते अल्पमतमा परेको एमाले नेतृत्वको सरकारको बहिर्गमनसँगै बागमतीमा हाल गठबन्धनको सरकार छ।नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धनमा बनेको प्रदेश सरकारले दलमाझ भागबण्डा पुर्‍याउन ८ वटा मन्त्रालय&

बागमतीमा प्रदेश मन्त्रालय र स्थानीय तहका लागि २९७ कर्मचारी माग

बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो । आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो ।२ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

एमालेद्वारा बागमती प्रदेश सभा बैठकमा पनि अवरोध

नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए । बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाए । साथै उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौति गरेकोमा पनि सरकारको विरोध गरे ।

देशभर ६९ प्रदेश मन्त्रालय, सबैमा कर्मचारी अभाव

काठमाडौं, पुस ६ । भागबण्डा पुर्‍याउन बिना अध्ययन र तयारी प्रदेश सरकारहरूले धमाधम मन्त्रालय फुटाउन थालेका छन्। अहिले देशभर प्रदेश मन्त्रालयको संख्या ६९ पुगेका छ। प्रदेश १ र सुदूरपश्चिम सरकार बाहेक सबै प्रदेश सरकारले मन्त्रालय फुटाएका छन्। मन्त्रालय फुटाउन बागमती प्रदेश सरकार सबैभन्दा अगाडि छ। बागमतीले मन्त्रालय फुटाएर मुख्यमन्त्रीको कार्यालयसहित १४ मन्त्रालय पुर्‍याएको छ। प्रदेश […]

मन्त्रालय विभाजनपछि भवन अभाव झेल्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकार स्थापनाको ४ वर्ष टेक्ने क्रममा छ । यो अवधिमा प्रदेशमा ३ जना मुख्यमन्त्रीले सरकारको नेतृत्व गरिसकेका छन् । करिव ३ दर्जन प्रदेश सांसदले त मन्त्रीको जिम्मेवारी नै पाइसके । तर प्रदेश सरकारलाई अझै पनि मन्त्रालयको भवन व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ ।प्रदेश सरकार स्थापनाको सुरुवातमा तत्कालीन जिल्ला विकास समितिको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरेर सरकारको काम कारवाही सुरु गरिएको थियो । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद

बागमती प्रदेश : मन्त्रालय भागवण्डा नमिल्दा सरकार विस्तारमा अलमल

हेटौंडा : मुख्यमन्त्रीको भागवण्डा मिलाउन सकस परेको सत्तारुढ गठबन्धनलाई बागमती  प्रदेशको मन्त्रालय भागवण्डा पनि पेचिलो बनेको छ।गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार  थप पेचिलो बनेको हो। बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको १५ दिन भइसक्दा पनि सरकार सञ्चालनको लागि महत्वपुर्ण मन्त्रालयहरू नै रिक्त छन्। महत्वपुर्ण र मालदार मन्त्रालयमा गठबन्धनमा रहेको सबै दलले दाबी गर्दा ती मन्त्रालय रिक्त रहेका हुन्। उसो, त कुन दलले

बागमती प्रदेश : मन्त्रालय भागबण्डामा हेरफेर

बागमती प्रदेशमा गठबन्धनले आज नियुक्त हुने मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गरेको छ । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्न लागेका कृष्णप्रसाद खनालले सामाजिक विकास मन्त्रालय लिन नचाहेका कारण गठबन्धनले यसअघि तोकेको जिम्मेवारीमा हेरफेर गरिएको हो ।प्रदेशमा आज नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र समाजवादी पार्टीका संसदीय दलका उपनेताहरु सरकारमा जाने तयारी गरेका छन् । प्रदेश मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुँदैछन् । पाण्डेसँगै ३ मन्त्री नियुक

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना : मुख्यमन्त्री शाक्य

बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशमा स्वास्थ्य क्षेत्रको थप विकास गर्ने उद्देश्यले छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गरिएको स्पष्ट पारेकी छन् । प्रतिमाननिमा स्मृति प्रतिठानले बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरणका लागि आज हेटौ‘डामा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाक्यले यस्तो बताएकी हुन् । यस […]