हेटौंडा : बागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि ६ करोडका गाडी खरिद गरेको छ। गठबन्धनमा भागबण्डा पुर्याउन विभाजन भएका मन्त्रालयका मन्त्री र सचिवका लागि प्रदेश सरकारले ६ करोड बराबरका गाडी किनेको हो। गएको कात्तिक १० गते अल्पमतमा परेको एमाले नेतृत्वको सरकारको बहिर्गमनसँगै बागमतीमा हाल गठबन्धनको सरकार छ।नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धनमा बनेको प्रदेश सरकारले दलमाझ भागबण्डा पुर्याउन ८ वटा मन्त्रालय&