काठमाडौं।तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन्।पश्चिम तराईका बर्दिया,बाँके,कैलाली र कञ्चनपुर,महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन्।अविरल वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो।गत मंगलवार साँझदेखि परेको अविरल वर्षाले गर्दा नेपालीहरुको महान पर्व बडा दशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताएका छन्।