अविरल वर्षाले झापाका ३५ घर डुबानमा

अविरल वर्षाका कारण नदीहरूमा आएको बाढी वस्तीमा पस्दा झापाका ३५ घर डुबानमा परेका छन् । झापा गाउँपालिका–५, खयरबारीमा २० घर र गौरीगञ्ज गाउँपालिका–७ को आमडाँगीमा १५ घर डुबानमा परेका हुन् ।  नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार विरिङ नदीमा लगाइएको बाँध भत्किँदा झापा गापाका २० घर डुबानमा परिसकेका छन् भने आसपासको वस्ती उच्च जोखिममा छन् । यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिकाको वडा नं.७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाक...

सम्बन्धित सामग्री

अविरल वर्षाले पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा

अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन्।...

पूर्वी नवलपरासीमा एकसय ४४ घर डुबानमा

अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय शुक्रबार ४४ घर डुबानमा परेका छन् ।बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए । उनका अनुसार बाढीका कारण गैँडाकोट मा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन् ।त्यसैगरी लगातार वर्षाले गर्दा खसेको पहिरोका कारण