बाढीको वितण्डाः झापाका २७७ घर डुबानमा

झापा – दुई दिनदेखि लगातार परेको भारी वर्षाका कारण झापामा २ सय ७७ घर डुबानमा परेका छन्। भारी वर्षाका कारण झापाको जनजीवन प्रभावित भएको छ। नदी तटका स्थानीयवासी बाढीको प्रत्यक्ष मारमा पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म २ सय ७७ घर डुबानमा परेका हुन्। गौरीगञ्ज गाउँपालिका १ मा बनियानी खोलामा आएको बाढी […]

सम्बन्धित सामग्री

बाढीको जोखिममा रहेका बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई सारियो

काठमाण्डौ – राप्ती नदीमा आएको बाढीले जोखिममा रहेका बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई सारिएको छ ।  बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।  बाँकेका तल्लो तटीय क्षेत्रका झण्डै तीन सय घर डुबानमा परेका छन् । बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पुर्याएको चौफेराका गणेश गुप्ताले बताउनुभयो । राप्ती नदी र ...

उत्तराखन्डमा बाढीको बितन्डाः ४६ को मृत्यु, दर्जनौं घर डुबानमा

उत्तराखण्ड– भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोका कारण दर्जनौ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन भने पुल तथा संरचना भत्किएका छन् । पर्यटकहरुको महत्वपूर्ण गन्तव्य मानिने उत्तराखन्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरुले जलवायु परिवर्तन र जथाभावी निर्माण […]

सधैं बाढीको डर

असार १९ मा बिरिङको बाढी पस्दा झापा गाउँपालिका ५ खयरबारीका २० घर डुबानमा परे । त्यसै दिन गौरीगन्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबे । शिवसताक्षी नगरपालिका ५ मा कनकाईको बाढीले कटान गरेको थियो । ‘जनताको तटबन्धन’ का कारण बाढी गाउँ पस्न भने नपाएको स्थानीयको भनाइ छ ।

सौराहामा बाढीको थप पीडा

कोरोना कहरले थला परेको पर्यटकीय नगरी सौराहा अहिले डुबानमा परेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले सौराहाका अधिकांश होटल तथा रेस्टुरेन्ट र वरपरका घर डुबानमा पर्दा १० करोड रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो ।

बाढीका कारण १६५ घर डुबानमा, ८० घर परिवार विस्थापित

काठमाडौं। नेपाल प्रहरीका अनुसार बाढीको कारण देशभर १६५ वटा घर डुबानमा परेका छन्। डुबानमा परेकामध्ये ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४९२ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाको कारण देशभर ९९ वटा विपदजन्य घटना भएका छन्।

बाढीका कारण १६५ घर डुबानमा

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चार दिनमा परेको अविरल वर्षपछि आएको बाढीको कारण १६५ वटा घर डुबानमा परेको बताएको छ। तीमध्ये ५३ वटा घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। प्रहरीका अनुसार ६२ वटा घर परिवार विस्थापित भएका छन्। यस्तै बाढीबाट ८७ वटा पशु चौपायको मृत्यु भएको छ।

बाढीले नवलपरासीमा १७० घर डुबानमा, सडकसमेत बगायो

१८ असार नवलपरासी । गएरातिदेखि परेको वषर्ाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर परिवार विस्थापित भएका छन् । बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको कारण घरभित्रको अन्नपात, खाद्यान्न, लत्ताकपडा, हास, कुखुरासमेत बगाएको बडा नं. ३ का वडाअध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । डुवानमा परेकाहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटको टोली र सशस्त्र …

बाढीको उपद्रोपछि... [फोटोफिचर]

यो पटकको भारी वर्षाका कारण पूर्वी जिल्लामध्ये सुनसरी पनि अत्यधिक प्रभावित भयो । खासगरी राजमार्ग दक्षिणका गाउँ अनि महत्वपूर्ण व्यापारिक केन्द्र इटहरी बढी प्रभावित भए । पूर्व-पश्चिम राजमार्ग र कोसी राजमार्गको केन्द्रमा पर्ने इटहरी उपमहानगरपालिकाका सबैजसो घर डुबानमा परे ।

माडीमा बाढीको दशा

माडी-१ बनकट्टाका ६७ वर्षीय यमबबहादुर अधिकारी शनिबार बिहान टोलाईरहेका थिए । लगातारको वर्षा पछि रियू खोलामा आएको बाढीले घर डुबानमा पर्न थालेकाले उनी परिवारका सदस्य सहित छाना माथि चढेर ज्यान जोगाएका थिए । राति ४ घण्टा छाना बसेर ज्यान जोगाएका अधिकारी निकै तनावमा थिए ।