प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफू मन्त्री भएको एक सय १९ दिनपछि आफ्ना सय दिने प्राथमिकता सार्वजनिक गरेका छन् । मन्त्री यादव गत कात्तिक १६ गते प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए । यद्यपि उनलाई मुख्यमन्त्री राजेन्द्र राईले गत माघ २३ गतेको मन्त्रिमण्डल पुनर्गठनमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको हो । यसअघि स्वास्थ्यको जिम्मा पनि सामाजिक विकास मन्त्रालय अन्तर्गत नै थियो । मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्व