काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताएका छन्। बुधबार नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने भन्दै आगामी दिनमा फ्रन्टलाइनमा खटिने खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिइने बताएका हुन्। उनले सरकार कोभिड १९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर ल