मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख समक्ष बुझाइन् राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानतः ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता अनुरुप मुख्यमन्त्री

सम्बन्धित सामग्री

बागमतीका मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेले मुख्यमन्त्री पदबाट शुक्रबार दिएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका हुन् ।  प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट आजै पेश गर्नुभएको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोक्नुभएको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ । मुख्यमन्त्री पाण्डेले गत मङ्सिर ४ […]

मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।

मुख्यमन्त्री शेरधन राईले दिए राजीनामा

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले राजीनामा बुझाएका हुन्। एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मतबाट चयन भैसकेका छन्। आचार्यलाई मुख्यमन्त्री बनाउने सहमति बमोजिम राईले राजीनामा दिएका हुन्। राईकै प्रस्तावमा एमाले सचिव समेत रहेका आचार्यलाई बिहीबार संसदीय दलको नेतामा चयन गरिएको […]

मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् ।प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनु अगावै उनले राजीनामा दिएका हुन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश सभामा मतदानको अघिल्लो दिन गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।  मुख्यमन्त्री गुरुङले दिएको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गरिसकेकी छन् । उनले तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री गुरुङविरुद्ध पेश गरेको अविश्वासको प्रस्तावमाथि भोलि मतदान गर्न समय निर्धारण ग...

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

१९ वैशाख, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको र अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको उल्लेख गरेका […]