पछिल्ला वर्षमा विकास निर्माणका नाममा जंगल फँडानी ह्वात्तै बढेको छ । राजनीतिक दल, जनप्रतिनिधिको आडमा जंगल फँडानी बढेको हो । जताजता जंगल, उतैउतै सडक, विद्युतीकरण लगायतका संरचना निर्माण गर्ने क्रम बढेको छ । कतिपय ठाउँमा जंगल फाँडेर बस्ती बसाइएका उदाहरण पनि छन् ।